PRABHU BANK

नबिल बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौँ । नबिल बैंकले संस्थापक सेयर बिक्रि गर्ने भएको छ । नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हो ।
बैंकले बिक्रीमा ल्याएको सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सो सेयरमा बैंकका संस्थापक सेयरधनीले न्युनतम प्रतिकित्ता ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आफुले लिन चाहेको सेयर संख्या र मूल्य समेत उल्लेख गरी बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै