prabhu

कृषि विकास बैंकद्वारा जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

 krishi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत बैंकले चन्द्रागिरीस्थित सो विद्यालयलाई सामाग्री वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन खेलेको भूमिका बारे चर्चा गरेका थिए ।
साथै, बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता वृद्धि का लागि बिभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको समेत बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै