सेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपूर्णबीच सम्झौता, बैंकका ग्राहकले विभिन्न सुविधामा छुट पाउने !

 century bank
  • बैंकिङ संसार 
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्तर्गत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५% सम्मको छुट पाउनेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्