काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं ०५ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ४५ वर्षका गोविन्द खत्री रहेका छन्।
आसमाया लिम्बूले उनीविरुद्द जाहेरी दिएकी थिइन्। चेक अनादर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलको मिति २०८०/१०/११ गतेको फैसलाले प्रतिवादीलाई २ करोड ५३ लाख एक हजार ९ सय १८ रुपैयाँ विगो वापत २ वर्ष कैद र दुई हजार जरिवाना दिलाई भराई पाउने फैसला भएको थियो।
उनी ललितपुर महानगरपालिका वडा नं ४ जावलाखेलबाट पक्राउ परेका हुन्।
प्रहरीले दिएको जानकारी अनुसार हाल फैसला कार्यान्वयनको लागि उनलाई सम्मानित काठमाडौँ जिल्ला अदालत बबरमहलमा उपस्थित गराईएको छ। सूचनासहित:



