PRABHU BANK

नेपाल बैंकको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, १९.९७ प्रतिशतले घट्यो खुद नाफा

  • बैंकिङ संसार
काठमाडौँ । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १९.९७ प्रतिशतले घटेको हो । गत वर्ष बैंकले सोही अवधिमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नाफा घटेपनि समिक्षा अवधिसमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ । यता बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्चमा पनि वृद्धि भएको छ ।
समिक्षा अवधिसम्म बैंकको सञ्चालन नाफामा १६.४३ गिरावट आएको छ । बैंकको संचालन नाफा घटेसँगै खुद नाफामा दबाब परेको हो । त्यस्तै यो अवधिमा बैंकको वितरणयोग्य नाफा घटेर ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार समिक्षा अवधिमा नेपाल बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा भारी गिरावट आएको छ । यो अवधिमा बैंकको इपीएस ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक) मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै