सेन्चुरी कमर्शियल बैंकको साधारणसभा स्थगित

 century bank
  • बैंकिङ संसार
काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको साधारणसभा स्थगित भएको छ । बैंकले चैत्र १४ गतेको लागि आह्वान गरेको साधारणसभा स्थगित भएको हो । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि २५ जना भन्दा बढी जम्मा हुन् नपाउने निर्णय गरेसंगै बैंकले सभा स्थगित गरेको जनाएको छ । साधारणसभाको लागि अर्को सुचना जारी गर्ने बैंकले जनाएको छ ।
साधारणसभामा बैंकले प्रस्ताव गरेको २ प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ४ दशमलव ७५ प्रतिशत नगद लाभांश पेश गर्ने, संस्थापक तर्फबाट तिन जनाको संचालन निर्वाचन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तिायारी दिने लगायतका प्रस्ताव पारित गर्ने कार्य सुची थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्