PRABHU BANK

सिटिजन्स बैंकको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, २७.०९ प्रतिशतले घट्यो खुद नाफा

  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिटिजन्स बैंकको खुद नाफामा २७.०९ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणका अनुसार पहिलो त्रैमासमा २७.०९ प्रतिशतले घटेर अर्थात ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा पनि २३.२१ प्रतिशतले घटेर ७१ करोड २४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१।०९ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ५५ लाख १९ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ८ करोड ६६ लाख ७७ हजार रुपैयाँ ऋणात्मक छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७९ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै