PRABHU BANK

लकडाउनमा सनराइज बैंकका ग्राहकलाई घरमै बसेर सामान किन्दा १० प्रतिशत छुट

 sunrise bank
  • बैंकिङ संसार 

काठमाडौँ  । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।  लकडाउनको समयमा नेपमेडस प्रालि र काठमाडौं अरगेन्किसबाट सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड तथा क्यु.आर कोड प्रयोगगरी सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पाउने भएको हो । 
नेपमेडसले उपत्यकाका ग्राहकहरुलाई घरमै औषधी पुर्याउँदै आएको छ । त्यस्तै, काठमाडौं अरगेन्किसले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइनमार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।
बैंकले लकडाउनमा  खाद्ययान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न ग्राहकलाई अप्ठेरो भइरहेको अवस्थामा यस्ता सम्झौताहरु गरिएको बैंकले जनाएको छ ।  बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै  आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै