PRABHU BANK

मेगा बैंकका ग्राहकलाई फुडमाण्डुले घरमै सामान ल्याइदिने, सामान खरिदमा १० प्रतिशत छुट

 mega bank nepal
  • बैंकिङ संसार
काठमाडौँ । मेगा बैंक नेपालका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । बैंकसँग भएको सम्झौता अनुसार फुडमाण्डुले किराना सामाग्रीहरु घरमै उपलब्ध गराउने भएको हो । 
बैंकका ग्राहकहरुले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ । देशव्यापी लकडाउनको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि बैंकले दैनिक उपभोग्य सामानका लागि किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको छ । बिभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरी लकडाउनमा पनि आफ्ना ग्राहकहरुलाई अतिरिक्त सेवा र सुविधाहरु प्रदान गरेको बैंकले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै