prabhu

सनराइज बैंकद्वारा ग्राहकलाई ‘मेरो किराना’ मार्फत सामान किन्दा १०% सम्म छुट

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ। 
वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौता गरिएको बैंकले जनाएको छ। घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ। बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै