- बैंकिङ संसार
बैंकले एसएमइ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माणमा ८.४९ प्रतिशत ब्याज दर तोकेको छ भने शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, ब्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र ब्यक्तिगत कर्जामा ९.८९ प्रतिशत ब्याज दर तोकेको छ ।
यस्तै बैंकले १०.३९ प्रतिशत ब्याज दरमा व्यवसायिक सवारीसाधन कर्जा पनि ल्याएको छ । बैंकले एसएमइ कर्जाको अवधि १० वषसम्म तोकेको छ । उक्त कर्जा योजना अन्तर्गत ग्राहकहरुले ५ लाख देखि ६ करोडसम्म पाउने छन् भने घर कर्जा १ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । सो कर्जा ग्राहकहरुले घर निर्माण तथा जग्गा खरिदका लागि प्रयोग गर्न पाउने छन् ।



