PRABHU BANK

एनआईसी एशिया बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ९ करोड रुपैयाँले बढ्यो खुद नाफा

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चौथो त्रैमाससम्ममा ३ अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष भन्दा यस वर्ष बैंकको खुद नाफा ३.२४ प्रतिशतले बढेको छ । बैंकले अघिल्लो वर्ष यसै अवधिमा ३ अर्व २ करोड ३२ लाख ८२ हजार खुद नाफा गरेको थियो ।
बैंकको वितरण योग्य नाफा भने यस वर्ष ३३.०७ प्रतिशतले घटेर १ अर्व ४४ करोड ७ लाख ३४ हजार रुपैँयामा कायम भएको छ । अघिल्लो वर्ष भने बैंकको वितरण योग्य नाफा २ अर्व १५ करोड २८ लाख ५७ हजार रुपैँयामा कायम थियो । 
चौथो त्रैमाससम्म आईपुग्दा बैंकको खुद व्याज आम्दानी ९.२६ प्रतिशतले बढेर ७ अर्व ६० करोड ४८ लाख ३१ हजार रुपैँयामा सिमित भएको छ । त्यस्तै, संञ्चालन नाफा १.०१ प्रतिशतले घटेर ४ अर्व ४६ करोड ७६ लाख १३ हजार रुपैयाँमा सिमीत भएको छ । साथै, निक्षेप संकलन १४.०३ प्रतिशतले र कर्जा लगानी १२.३४ प्रतिशतले बढेको छ । 
बैंकको हाल ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आईपुग्दा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, निष्क्रिय कर्जा ०.७० प्रतिशत, पुँजी कोष १३.२० प्रतिशत, कोषको लागत ५.५६ प्रतिशत, आधार दर ७.७० प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै