PRABHU BANK

माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

 Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले चौथो त्रैमासमा १ अर्ब २५ करोड खुद नाफा गरेको छ । बैंकको अघिल्लो वर्ष भन्दा यस वर्ष ४४ करोड रुपैयाँले खुद नाफा घटेको हो । बैंकले अघिल्लो वर्ष यसै अवधिमा १ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 
बैंकले अघिल्लो वर्ष ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने यस वर्ष १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, अघिल्लो वर्ष ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने यस वर्ष ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको अघिल्लो वर्ष भन्दा यस वर्ष १९ अर्ब रुपैयाँले निक्षेप बढेको हो । 
हाल ८ अर्ब ४५ करोड चुुक्ता पूँजी रहेको बैंकको खराब कर्जा ०.५४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको सीसीडी रेसियो ७३.८१ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत, स्प्रेडदर ४.३६ प्रतिशत र कष्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै