PRABHU BANK

कृषि विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ११.०८ प्रतिशत लाभांश दिन सक्ने क्षमता

 Krishi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले असार मसान्तसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ कमाएको खुद नाफाको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले अघिल्लो वर्ष यसै अवधिमा ४ अर्व १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । जुन यस वर्षको भन्दा ७३ करोडले बढी हो । 
बैंकले आर्थिक वर्ष २०७६/७७ मा १ अर्व ६६ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ भने खुद ब्याज आम्दानी ६ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बैंकको ११.०८ प्रतिशत लाभांश दिन क्षमता रहेको छ । त्यस्तै, अघिल्लो वर्ष १ खर्व १८ अर्व रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यस वर्ष १ खर्व ४३ अर्व निक्षेप संकलन गरेको छ । कर्जा लागानी भने अघिल्लो वर्ष १ खर्व ८ अर्व गरेको थियो र यस वर्ष १ खर्व २३ अर्व गरेको छ ।
बैंकको खराब कर्जा ३.२९ प्रतिशतबाट घटेर २.७१ प्रतिशतमा कायम भएको छ । ११ अर्ब ३६ करोड रुपैयाँ जगेडा कोष रहेको बैंकको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै ,बैंकको प्रति सेयर आम्दानी ३२.८८ रुपैयाँ र प्रति सेयर खुद मूल्य २३७.५४ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.४४ प्रतिशत, आधार ब्याजदर ९.२६ प्रतिशत, सीडी रेसियो ६६.३१ प्रतिशत, कस्ट अफ फण्ड ६.४० प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै