PRABHU BANK

एनएमबि बैंकले बढायो खुद नाफा, प्रति सेयर आम्दानी कति ?

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चौथो त्रैमाससम्ममा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको भन्दा ०.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै समयमा बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । 
त्यस्तै, अघिल्लो वर्ष १ अर्व २७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएकोे थियो भने यस वर्ष बैंकले १ अर्व ४२ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । यस वर्ष बैंकको वितरण योग्य नाफा ११.९२ प्रतिशतले बढेको हो ।
त्यस्तै, बैंकले निक्षेप संकलन ३४.४९ प्रतिशत रहेको छ भने कर्जा लगानी ३०.७५ प्रतिशतले विस्तार गरेको छ । १३ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । साथै, खराब कर्जा बढेर २.६८ प्रतिशत पुगेको बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६ पैसाले घटेर १६ रुपैयाँ ७३ पैसामा कायम भएको छ ।
यस्तै, खुद ब्याज आम्दानी ३०.१९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २५.०५ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ५७ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै