National

नबिल बैंकद्धारा कोरोना कोषमा ६ करोड रुपैयाँ आर्थिक सहयोग, सिइओ शाहद्धारा चेक हस्तान्तरण

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषलाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कोरोना कोषलाई ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो । साउन ३२ (आईतबार) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 
सोही कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो । अर्थमन्त्री डा .युवराज खतिवडाले उक्त आर्थिक सहयोगको लागि नबिल बैंकलाई धन्यवाद दिनुका साथै थप प्रगतिका लागि शुभकामना पनि दिएका छन् । आफुले प्रदान गरिएको रकमबाट कोरोना रोकथाम एवं नियन्त्रण गर्नको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Liquidity
NMB Laghubitta