National

एनआइसी एशिया बैंकका ग्राहकले ऋण लिनको लागि खल्ती वालेटबाटै आवेदन दिन सक्ने

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले ऋण लिनको लागि खल्ती वालेटबाटै आवेदन दिन सक्ने भएको छ । बैंकको सुपर चमत्कारिक कर्जाका लागि उक्त वालेटबाट आवेदन दिन सक्ने भएको हो ।
एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जा दिने व्यवस्था गरेको छ । बैंकले घर कर्जा , सवारी कर्जा र व्यवसाय कर्जा योजनामा उक्त व्यवस्था लागु गरेको हो । यस कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो वर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क ०.२५ प्रतिशतमात्रै लाग्ने व्यवास्था समेत बैंकले गरेको छ ।
खल्ती वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ३ प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै