National

सोमबार एनआईसी एशिया बैंकले १२० वटा शाखाबाट सेवा दिदैँ, कुन प्रदेशमा कति ?(विवरणसहित)

  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले सोमबार पनि देशका विभिन्न शाखाबाट सेवा दिने भएको छ । बैंकले देशभरका १सय २० वटा शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिने भएको हो । कोरोना महामारीको कारण सरकारले निषेधाज्ञा जारी गरेको समयमा पनि बैंकिङ सेवा अति आवश्यक सेवा भित्र पर्ने भएकाले पनि उक्त सेवा दिएको बैंकले जनाएको छ । त्यस्तै, बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपालभरी बाटै आलोपालो प्रणालीमा सेवा दिने भएको हो ।
बैंकको सोमबार प्रदेश न. १ मा २८ वटा बैंकिङ शाखा र ५ वटा विस्तारित काउन्टर खुल्ने भएको छ । त्यसैगरी प्रदेश न. २ मा १० वटा बैंकको शाखा खुल्ला हुने भएको छ भने वाग्मती प्रदेशमा १२ वटा बैंकको शाखा खुल्ला हुने भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ४ वटा बैंकको शाखा र ४ वटा विस्तारित काउन्टर खुल्ने भएको छ । 
यस्तै, प्रदेश न. ५ मा भने १९ वटा बैंक शाखा र ३ वटा विस्तारित काउन्टर खुल्ने छ भने ७ वटा बैंक शाखा भने त्यहाँका स्थानिय सरकारले तोकेको समयमा खुल्ला रहने बैकले जनाएको छ । कर्णाली प्रदेशमा भने बैंकको ५ शाखा खुल्ला हुने भएको छ भने सुदुरपश्चिम प्रदेशमा १८ वटा बैंकको शाखा, ३ वटा विस्तारित काउन्टर र १ हस्पिटल लाइन खुल्ला हुने भएको छ ।
हेनुहोस् सोमबार यी शाखा खुल्दैछः 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै