PRABHU BANK

नेपाल बङ्गलादेश बैंकले गर्यो अनलाईनबाट नै खाता खोल्न सकिने व्यवस्था

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले अनलाईनबाट नै खाता खोल्न सकिने व्यवस्था गरेको छ । बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाईनबाटै खाता खोल्न सकिने व्यवस्था गरेको हो । अब बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता खोल्न सक्नेछन् भने बैंकको शाखा नै पुगेर खाता खोल्नुपर्ने झन्झट्को अन्त्य भएको छ । 
बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउन्टभित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गर्न सक्नेछन् । यस प्रकृयामा ग्राहकको विवरण वान टाइम पासवर्ड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाईन भेरिफिकेसन हुने व्यवस्था पनि रहेको छ । नेपाल बङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै