महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै

काठमाडौँ। महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६-संस्करण ५ आयोजना गर्ने भएको छ। बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६-संस्करण ५ आयोजना गर्ने भएको हो ।

प्रतियोगिता जेठ १७ गते देखि जेठ २० गते सम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा संचालन हुने भएको हो।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरु यो प्रतियोगितामा सहभागी हुने जनाइएको छ।

४ दिनमा ४५ खेलहरु हुने र २४० जना खेलाडीहरु सहभागी हुनेछ। लिगमा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने जनाइएको छ।

सहभागी २४ टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ। जसबाट समूहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछ।

खेल १० ओभर प्रति इनिंग्सको हुनेछ भने प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ऐभरेष्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, आईसीएफसीफाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेड, मञ्जुश्री फाईनान्स लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जि.आइ.सी इन्स्योरेन्स लिमिटेड, सिदार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सगरमाथालुम्बिनीइन्स्योरेन्स लिमिटेड र एनआइएमबि एस क्यापिटल लिमिटेडको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यानअफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्