सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको ७ हजार ६६१.४६ कित्ता सेयर बिक्रीमा राखेको हो।

संस्थाले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो सेयर बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदनकले कम्पनीको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंमा आफूले खरिद गर्ने सेयर कित्ता खुलाई निवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्