National

सानिमा बैंकले ल्यायो ‘ईन्द्रजात्रा क्वूआर कोडको यात्रा’ योजना, भाग लिनेलाई ५ सय रुपैयाँ नगद उपहार

 Sanima Bank
  • बैंकिङ संसार 
काठमाडौं । सानिमा बैंकले ‘ईन्द्रजात्रा क्वूआर कोडको यात्रा’ योजना बजार ल्याएको छ । बैंकले ईन्द्रजात्राको अवसर पारी ‘ईन्द्रजात्रा क्वूआर कोडको यात्रा’ योजना ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाको विशेष ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्वूआर कोडको लागि आवेदन दिनेलाई ५ सय रुपैयाँ उपहार दिने बैंकले जनाएको छ । उक्त रकम भने बैंकले मोबाइल टपअपबाट पठाउने भएको छ ।
यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन र काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने बैंकले जनाएको छ । साथै यस योजनामा सोही बैंकका संस्थागत व्यवसायिक खातावाहकहरुले मात्र भाग लिने पाउने पनि बैंकले जानकारी दिएको छ । 
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खातावाहकहरुले घरैबाटै रजिष्ट्रेसन गर्न सक्ने बैंकले जनाएको छ । जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन् ।
त्यसैगरी, बैंकमा खाता नहुनेहरूले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्वूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेस गर्न सक्नेछन् । यसरी सहभागी भएका क्वूआर मर्चेन्टले बैंकको तर्फबाट ५ सय रूपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime