- बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २५ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले मंगलबार(भाद्र १६ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज कायम गरेको छ । यता बैंकले साधरण मुद्दती निक्षेपको व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर तोकेको छ ।
यसैगरी विशेष मुद्दती निक्षेपको व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै, बैंकले ३१ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः

