National

मुक्तिनाथ विकास बैंकद्वारा मृतक परिवारलाई सहयोग, साथमा ऋण मिनाहा पनि

 Muktinath Bikas Bank
  • बैंकिङ संसार 
सल्यान । मुक्तिनाथ विकास बैंकले ऋणदाताको ऋण मिनाहा गरेको छ । बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरेको हो । बैंकको थारमारे शाखाबाट ऋण लिएकी ऋणदाता दीपा रावतको मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गरेको हो । 
बैंकले तिरिसकेको १ लाख ६४ हजार २ सय ३३ रुपैयाँका साथै काजक्रीयाका लागि ५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै, उनले तिर्न बाँकी रहेको १ लाख १७ हजार २ सय १९ रुपैयाँ ऋण पनि मिनाह गरेको बैंकले जनाएको छ ।
स्वर्गिय दिपा रावतको श्रीमान तिलक राम रावतलाई शारदा नगरपालिका वडा न.१३ का वडा अध्यक्ष तुल्सीराम रावतले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै