National

एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दीपककुमार डेले

 Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृतको पदको जिम्मेवारी दीपककुमार डेलेले सम्हाल्ने भएका छन् । बैंकका सिइओ अनुकूल भटनागरलाई विदेशी साझेदार भारतीय स्टेट बैंकले फिर्ता बोलाएको हुनाले उक्त पदको जिम्मेवारी डेलेले सम्हाल्ने भएका हुन् ।
बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउन स्वीकृति दिएको हो । सोही बैठकले दीपककुमार डेले पद बहाल नहुँदासम्मका लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै