National

अब बैंकहरुले आफूखुशी कर्जाको व्याजदर घटाउन नपाउने

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले आफूखुशी कर्जाको व्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७६ मा राष्ट्र बैंकले संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस प्रयोजनको लागि इजाजतपत्र प्राप्त संस्थाले १ वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको व्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थीर व्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्थासँगै व्यक्तिगत कर्जा उपभोग गरिरहेका ऋणीहरु व्याजदर परिवर्तनको समस्याबाट मुक्त भएका छन् ।
तर ग्राहक आफैले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय व्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा व्याजदर परिवर्तन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा र गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका १ वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा भने लागू हुनेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै