National

प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडलेको ८औं शाखा हेटौंडामा

  PROGRESSIVE FINANCE
  • बैंकिङ संसार
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडले ८औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आफ्नो ८औं शाखा सञ्चालनमा ल्याएको हो । 
देशका प्रमुख सहरमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उदेश्य कम्पनीको रहेको छ । आफ्नो उद्देश्यअनुसार नै हेटौंडामा शाखा कार्यालय स्थापना गरेको कम्पनीले जनाएको छ ।
प्रोग्रेसिभ फाइनान्स कम्पनीको हाल ८० करोड १ लाख रुपैयाँ चुक्तापूँजि रहेको छ । यस कम्पनीले ७ वटा शाखा कार्यालय र ४ वटा एक्स्टेन्सन कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै