PRABHU BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पठायो आफ्नो सेयरधनीको खातामा बोनस सेयर

 Shine Resunga Development Bank
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर पठाएको छ । बैंकको असार १२ गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस सेयर जेठ ३२ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा बैंकले पठाएको हो । 
त्यस्तै बैंकले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस सेयर प्राप्त गर्न आग्रह पनि गरेको छ ।
बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै