National

बैंक तथा वितीय संस्थाले आफूखुशी कर्मचारी भर्ना गर्न नपाउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंक तथा वितीय संस्थाहरुले आफूखुशी आफन्त, नातेदारलाई बैंकमा स्थायी नियुक्ती गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै बैंक तथा वितीय संस्थाहरुलाई आफूखुशी आफन्त, नातेदारलाई बैंकमा नियुक्ति नगर्न निर्देशन दिएको हो । 
केन्द्रीय बैंकद्वारा जारी एकीकृत निर्देशनको बुँदा नं ६५ मा कर्मचारी छनौट दक्षताको आधारमा हुनुपर्ने साथै छनौट निष्पक्ष र पारदर्शी बनाउनु पर्ने उल्लेख छ । त्यस्तै बैंकमा कर्मचारी बढुवा मनोमानी तथा तजबिजी अधिकार प्रयोग नगरी कार्यदल बनाएर पारदर्शी रुपमा कर्मचारी बढुवा गर्ने व्यवस्था मिलाउनुपर्ने संशोधित निर्देशनले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै