मञ्जुश्री फाइनान्स ‘वेस्ट म्यानेज्ड फाइनान्स अवार्ड’ बाट सम्मानित

काठमाडौँ। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड २०२६’ पाएको छ। कम्पनीले न्यू बिजनेस एजद्वारा आयोजित दसौँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस् २०२६ समारोहमा ‘वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड २०२६’ पाएको हो।

उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस अवार्डले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । कम्पनीले ग्राहककेन्द्रित सेवा र आधुनिक वित्तीय समाधानमार्फत वित्त क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको छ ।

यस उपलब्धिले कम्पनीलाई आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा संस्थागत विकासतर्फ अग्रसर हुन प्रेरित गरेको कम्पनीले जनाएको छ । २८ वटा शाखा तथा एक विस्तारित काउन्टर रहेको यस फाइनान्सले विप्रेषण, मोवाइल बैंकिङ, इएमआई सुविधासहितको भर्चुअल क्रेडिट कार्ड र एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्