हकप्रद सेयर निष्काशन गर्न एनआईसी एशिया बैंकले पायो पूर्वस्वीकृति

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।  बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त गरेको हो ।
हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद निष्काशनको अनुमति बैंकले पाएको हो।
हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने बैंकले जनाएको छ।
HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्