PRABHU BANK

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पठायो आफ्नो लगानीकर्ताको हितग्राही खातामा बोनस सेयर

 Support Laghubitta
  • बैंकिङ संसार 
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले लगानीकर्ताको हितग्राही खातामा १० प्रतिशत सेयर जम्मा गरेको हो ।
माईक्रोफाइनान्सले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो । पुस १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि हितग्राही खातामै बोनस सेयर जम्मा गर्ने कम्पनीले जनाएको छ । यस्तै हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले पनि सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न सकिने पनि लघुवित्तले जनाएको छ । यसको लागि कम्पनीले सेयर अभौतिकीकरण गर्न आग्रहसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै