PRABHU BANK

नेपाल फाइनान्स लिमिटेडले गर्यो नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

 Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले ३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । फाइनान्सले विभिन्न खातामा भाद्र २९ गते सोमबारदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
फाइनान्सले निक्षेप बचत खातामा ६ देखि ६.७५ प्रतिशत र कल डिपोजिटमा ३ प्रतिशत व्याजदर कायम गरेको छ । यता फाइनान्सले मुद्दति निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत र ६ महिनासम्मका लागि ७.७५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ ।
त्यस्तै १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.२५ प्रतिशत व्याजदर कायम गरेको छ भने १ वर्ष देखि २ वर्षसम्मका लागि ९.२५ प्रंतिशत व्याजदर कायम गरेको छ । फाइनान्सले संस्थागततर्फ भने १ वर्ष भन्दा माथिको लागि ७.७५ प्रतिशत र २ वर्ष भन्दा माथिको लागि ८ प्रतिशत व्याजदर तोकेको छ । 
यस्तो छ फाइनान्सले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै