National

बैंक अफ काठमाण्डूले ल्यायो 0% व्याजदरमा विद्युतिय उपकरण खरिद गर्न सकिने योजना

 Bank Of Kathmandu
  • बैंकिङ संसार 
काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी घरायसी विद्युतिय उपकरण सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको हो ।
बैंकका यस अनुसार योजनामा बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरुले आफुलाई आवश्यक पर्ने CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै TV, Mobile, Music System, Washing Machine, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances जस्ता समानहरु किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकहरुलाई कुनैपनि ब्याज लाग्ने छैन ।
बैंक र सीजी डिजिटलबीच भएको ब्यापारीक सम्झौता अन्तर्गत बैंकको ग्राहकहरुले CG ब्रान्डाका समानहरु कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुरको सोरुमहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ । त्यस्तै मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल र बिराटनगरबाट LG ब्रान्डाका समानहरु उपलब्ध हुनेछन्सो । 
यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८)मा सिधै सम्पर्क गर्न सकिने बैंकले जनाएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै