PRABHU BANK

प्राइम कमर्सियल बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ नयाँ व्याजदर

 Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकल सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ । 
यता बैंकले मुद्दति निक्षेपमा ३ महिना भन्दा माथिमा लागि संस्थागततर्फ ७ प्रतिशत र २ वर्ष भन्दा माथिमा लागि ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ । 
यसैगरी बैंकले ३ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत र १ वर्ष भन्दा माथिमा लागि ८.५० प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको आधार दर ८.२६ रहेको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदर: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै