PRABHU BANK

ज्योति विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, कहिलेदेखि हुन्छ लागु ?

 Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १६ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमध्ये ११ प्रकारको बचत खातामा ५.५० प्रतिशत र ३ प्रकारको बचत खातामा ५ प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै ३ प्रकारको बचत खातामा ४.५० प्रतिशत व्याजदर तोकिएको छ । बैंकले नयाँ व्याजदरमा न्युनतम ४.५० प्रतिशत र अधिकतम ५.५० प्रतिशत व्याजदर कायम गरेको छ । 
यता बैंकले मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै १ वर्षदेखि २ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.५० प्रतिशत र संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर कायम गरिएको छ । बैंकले २ वर्षदेखि ५ वर्षसम्मका लागि भने व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । 
यसैगरी ५ वर्षदेखि ८ वर्षसम्मका लागि व्यक्तिगततर्फ ९.५० प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत व्याजदर तोकिएको छ । बैंकले ८ वर्ष भन्दा माथिमा लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ९.५० प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको आधार दर १०.५८ प्रतिशत रहेको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै