National

कृषि विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कहिलेदेखि हुन्छ लागु ?

Krishi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले १० प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
कम्पनीले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
कम्पनीले मुद्दति निक्षेपमा संस्थागततर्फ ३ महिनादेखि ९ महिनासम्मका लागि ६.२५ प्रतिशत र १ वर्षदेखि ५ वर्षसम्मका लागि ६.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
यसैगरी व्यक्तिगततर्फ ३ महिनासम्मका लागि ६.२५ प्रतिशत र ३ महिनादेखि ६ महिनासम्मका लागि ६.५० प्रतिशत व्याजदर तोकिएको छ । यस्तै बैंकले १ वर्षदेखि ५ वर्षसम्मका लागि ७.२५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकको आधार दर भने ८.९५ प्रतिशत रहेको छ ।

यस्तो छ बैंकको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै