- बैंकिङ संसार
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले २० प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ४.५ प्रतिशत देखि अधिकतम ५.५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
कम्पनीले मुद्दति निक्षेपमा १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै २ वर्षसम्मका लागि व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत व्याजदर तोकिएको छ ।
बैंकले २ वर्षदेखि ५ वर्षसम्मका लागि व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । फाइनान्सको आधार दर भने ९.९८ प्रतिशत रहेको छ ।
यस्तो छ नयाँ व्याजदरः