National

हिमालयन बैंक लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ नयाँ व्याजदर

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले १४ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 
कम्पनीले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
कम्पनीले मुद्दति निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत व्याजदर तोकेको छ । यसैगरी ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत व्याजदर कायम गरीएको छ । 
त्यस्तै बैंकले १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । यस्तै २ वर्ष भन्दा माथिमा लागि व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर तोकिएको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime