PRABHU BANK

मुक्तिनाथ विकास बैंकले सुरु गर्यो ई-टेलर सेवा, क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ई-टेलर सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि सहज र सुरक्षित बैंकिङ कारोबार गर्न ई-टेलर सेवा सुरु गरेको हो । अब बैंकका ग्राहकहरुले ई-टेलरमार्फत चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।
ग्राहकले उक्त सेवा बैंकको सम्पूर्ण शाखाहरुमार्फत पाउने बैंकले जनाएको छ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन् ।
बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई-टेलर सेवा सञ्चालनमा ल्याएको हो ।
कोरोनाको महामारीलाई ध्यानमा राख्दै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै