National

नेशनल माइक्रोफाइनान्सद्धारा संस्थापक सेयर निष्कासन, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

National Microfinance
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको छ । कम्पनीले १ लाख १० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकेको छ ।
उक्त सेयरमा शुक्रबार असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता देखि अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ग्राहकहरुले एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गरी आवेदन दिन आग्रह पनि कम्पनीले गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै