PRABHU BANK

ग्लोबल आइएमई बैंकले भन्यो– ‘प्रयोगमा नआएका मोबाईल नम्बर परिर्वत गराउनू’

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई मोबाईल नम्बर परिर्वतन गराउन आग्रह गरेको छ । बैंकले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोगबिहिन भएका ग्राहकहरुलाई तत्काल बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अद्यावधिक गराउन आग्रह गरेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै आफुलाई पायक पर्ने शाखामा उपस्थित भई तुरुन्त आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न आग्रह गरेको हो ।
बैंकले दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको जानकारी गराउंदै ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै