DISH HOME

सिभिल बैंकले नेप्सेलाई भन्यो–‘अहिलेसम्म मर्जरसम्बन्धी औपचारिक निर्णय भएको छैन’

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई लिखित जवाफ पेश गरेको छ । असोज ४ गते आइतबार नेप्सेले बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको बताउँदै त्यसको बारेमा जवाफ पेश निर्देशन दिएको थियो ।
बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारको सम्बन्धमा बैंकबाट कुनैपनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रूपमा त्यस्तो खालको कुनैपनि समाचार सम्प्रेषण नगरेको जवाफ पेश गरेको छ । 
नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति अनुरूप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरु खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भएतापनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनैपनि औपचारिक निर्णय नभएको बैंकले जनाएको छ ।
त्यसैले बैंकले सेयर मूल्यमा असर पर्ने कुनैपनि सूचना प्रवाह नगरेको र यो विषयमा प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै आधिकारिक निर्णय नभएको समेत बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै