धौलागिरी लघुवित्तको ७औँ वार्षिक साधारण सभा वैशाख २२ गते

काठमाडौँ। धौलागिरी लघुवित्तले आफ्ना सेयरधनीलाई सातौ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीले सो सभा आगामि वैशाख २२ गते सामुदायिक श्रोत विकास केन्द्र, बागलुङ नगरपालिका ४, उपल्लाचौरको सभाहलमा बोलाएको हो।

सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा गत आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण प्रस्ताव पारित गरिनेछ। त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक समेत निर्धारण गर्नेछ।

त्यसैगरी, यस वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्न, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्न तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउनका लागि समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै