PRABHU BANK

सानिमा बैंकद्धारा नयाँ सुविधा सार्वजनिक, अनलाईनबाटै क्रेडिट कार्ड आवेदन भर्न सकिने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने सुविधा सार्वजनिक गरेको हो । 
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट http://www.sanimabank.com मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस्तै फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराईने भएको छ ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म पुग्नु नपर्ने भएका कारणले यो प्रक्रिया सरल र सुरक्षित हुनुका साथै समयको पनि बचत हुने विश्वास बैंकको छ । 
बैंकले उक्त सुविधा मंगलबार असोज ६ गतेदेखि संचालनमा ल्याएको हो । बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट पाउनुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै