National

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो ग्रिन पिन सेवा, ग्राहकलाई सुरक्षित बैंकिङ सेवा दिने उद्देश्य

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरूले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्नेछन् ।
ग्राहकहरू कागजबाट लिईने पिन लिन बैंक आईराख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नेछन् ।
यस्तै आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन प्राप्त गर्न सकिनेछ । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै