PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा असोज २८ गते हुने, फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिने

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा हुने भएको छ । बैंकको विशेष साधारण सभा असोज २८ गते हुने भएको हो । बैंकको असोज ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस साधरण सभा बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि वेविनारको माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिने बैंकले जनाएको छ । 
यस्तै बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त असोज १६ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि सेयरधनी दर्ता बुक क्लोज गर्ने भएको छ । तसर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै