PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले दियो ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि सेबोनमा निवेदन

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेबोनमा निवेदन दिएको छ । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो । 
बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता संघसंस्थाका लागि बिक्री खुल्ला गर्ने भएको छ ।
बैंकले यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकको ऋणपत्र निष्कासन बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै