- बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले १८ औं वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
बैंकको भदौ २५ गते बिहिबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकको उक्त साधरणसभा असोज १६ गते शुक्रबार स्टार व्याङक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र २०७६/७७ को लेपरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको छलफल हुने भएको छ ।
विशेष प्रस्ताव अन्तर्गत जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहि बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा छलफल हुने भएको छ ।
बैंकको १६औं र १७औं वार्षिक साधारणसभाबाट पारित तत्काल कायम चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय को १ः१ अनुपात हकप्रद सेयर जारी गरी चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय पुर्याउने विषयमा छलफल हुने भएको छ ।
यस्तै नारायणी डेभलपमेन्ट बैंक र अन्य वैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने विषयमा पनि छलफल हुने बैंकले जनाएको छ ।