National

सिटि एक्सप्रेस फाइनान्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् मुख्य एजेण्डहरु

City Express Finance
  • बैंकिङ संसार
काठमाडौं । सिटि एक्सप्रेस फाइनान्स कम्पनि लिमिटेडको विशेष साधारणसभा हुने भएको छ । कम्पनीको विशेष साधारणसभा असोज २८ गते बुधबार हुने भएको हो ।
कम्पनीको असोज ७ गते बुधबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको साधरणसभा कम्पनीको केन्द्रीय कार्यालय घण्टाघर दरबारमार्ग काठमाडौंमा भिडियो कन्फेरेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुने भएको छ। 
अनुसार सभामा सहभागी हुन चाहने सेयरधनीहरुलाई कम्पनीले जुम आइडी पासवर्ड उपलब्ध गराउने भएको छ । सभामा सिटि एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित हुने भएको छ । 
यस्तै सिटि एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएका सहमतिपत्र संयुक्त मर्जर/प्राप्ति निर्णयहरु, अन्तिम सम्झौता पत्रहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै